काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १३ वटा रिटको सुनुवाइ आज हुँदै छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।
दिउँसो ‘महान्यायाधिवक्ताको कार्यालको नयाँ भवन उद्घाटन र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन’ छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली रप्रधानन्यायाधीश जबरा अतिथिको रूपमा निमन्त्रणा गरिएको छ । सम्भवतः कार्यक्रम र दुवै अतिथिको व्यस्तता नभए उनीहरु एकै मञ्चमा हुनेछन् ।
२ बजेदेखि शुरू हुने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विशेष अतिथिको रूपमा सहभागी हुने महान्यायधिवक्ता कार्यालय स्रोत भनाई छ ।
दिउँसो ३ बजे प्रधानन्यायाधीश जबराले विशेष अतिथिको रूपमा मन्तव्य राख्नेछन् भने उनको मन्तव्य सकिएलगत्तै ३ः१५ मा प्रधानमन्त्री ओलीले सर्वोत्कृष्ट सरकारी वकीललाई पुरस्कार वितरण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उक्त कार्यक्रममा सहभागिताका लागि महान्यायधिवक्ता कार्यालयले मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुखहरू, न्यायपरिषद्का सदस्य, पूर्वमहान्यायधिवक्ताहरू, उच्च अदालत पाटनका मुख्य न्यायाधीश, प्रधानसेनापति लगायत पदाधिकारीलाई पनि निमन्त्रणा गरेको छ ।






