मन केसी : अष्ट्रेलियामा नेपाली समुदायका सफल बिम्ब (भिडियो सहित)

सिड्नी । २४ वर्ष अघि अध्ययनका लागि अष्ट्रेलिया छिरेका मन केसीको अहिलेको परिचय पृथक छ । उनी झन्डै आधा दर्जन शैक्षिक संस्था सञ्चालनमा संलग्न छन् । सन् १९९६ मा अष्ट्रेलिया छिरेका केसीले त्यसबेला आधा दर्जन शिक्षा संस्थामा अध्ययन गरे ।

ग्राजुएट र पोष्ट ग्राजुएट गर्दैगर्दा नेपाली समुदायका निम्ति काम गर्ने जाँगर उनमा पलायो । त्यसपछि नेपालीहरूका आवाजलाई प्रतिनिधित्व गर्नेगरी उनले ठिक दुई वर्षपछि सन् १९९८मा नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम स्थापना गरे । त्यसको संस्थापक महासचिवको जिम्मेबारी लिएर केसीले नेपालीहरूको अष्ट्रेलियाको अवस्थाबारे बहस मात्र गरेनन्, नेपालीलाई संगठित गर्नका निम्ति भुमिका निर्वाह गरे ।

अष्ट्रेलियामा नेपालीको संख्या त्यति साह्रो थिएन । विस्तारै शिक्षालगायतका आकर्षणले नेपाली समुदायको उपस्थिति बाँक्लिँदै गएपछि गैर आवासीय नेपाली संघको शाखा विस्तारमा उनको सक्रियता रह्यो । त्यसैले २००५ मा केसीको अध्यक्षतामा गैर आवासीय नेपाली संघ (एनआरएन)को अष्ट्रेलिया शाखा विस्तार भयो ।

अष्ट्रेलियामा नेपाली समुदायका भाषा, संस्कृति र गीत संगीतदेखि नेपाली परिकारको परिचयका लागि उनले नेपाल फेस्टिभल नै गर्नुपर्ने ठाने र प्रत्येक वर्ष विभिन्न सहरमा यस्ता कार्यक्रमको प्रोत्साहनका निम्ति सक्रिय भए । अहिले अष्ट्रेलियामा हुने नेपाल फेस्टिभलका परिकल्पनाकार मध्ये केसीको नाम अगाडी आउँछ ।

केसी एनआरएनको अष्ट्रेलिया र केन्द्रमा विभिन्न जिम्मेबारीमा निरन्तर सक्रिय भए । सो क्रममा सन् २०१२ तिर सिड्नीमा एनआरएनको सातौं क्षेत्रीय सम्मेलन उनकै नेतृत्वमा सम्पन्न भएको थियो ।

नेशन एन्टरनेशनल मार्फत नेपाली र विभिन्न देशका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका । नेपाली समुदायको वृत्ति विकास र अष्ट्रेलियाको समस्यालाई बुझ्ने केसी समुदायकै लागि एक प्रतिबिम्बका रूपमा चिनिने गरेका छन् ।

https://youtu.be/0RmxCCcxCQk

source: lahuri tv