लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आउँदै गरेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका दीपक श्रेष्ठले चुनावी कार्यक्रम अन्तर्गत बेलायतको स्वीन्डन क्षेत्रका सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गरेका छन् ।
अध्यक्ष श्रेष्ठले नेपाली समाज विल्शायरका वर्तमान अध्यक्ष ज्ञान गुरूङ, सोही संस्थाका पूर्व अध्यक्ष तथा क्षेत्री समाज यूकेका निवर्तमान अध्यक्ष राजन क्षेत्री, सल्लाहकार रमेश बांस्तोला, सल्लाहकार तथा क्याट यूकेका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष रूपेश राउत, नेपाली समाज विल्शायरका राममणि रिजाल, तथा पाशा पुच गुठी यूकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठ, साउथ इष्ट लन्डन रिजेनल तमुधिका अध्यक्ष एवम् एनआरएनए यूके कार्यसमिति सदस्य ह्यारी गुरुङ, क्याट यूकेका निवर्तमान अध्यक्ष जीवन सेन लगायतका अभियन्ताहरुसवीच चुनावी अन्तरक्रिया गरेका हुन्।

त्यस अवसरमा स्थानीय अभियन्ताहरुले एनआरएनए यूकेको भावी नेतृत्वका लागि श्रेष्ठको उम्मेदवारीमा समर्थन जनाउँदै साथ र सहयोगको आश्वासन दिएका थिए । एनआरएनसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर समाजसेवा गरेका श्रेष्ठले अब एनआरएनएको नेतृत्व गरी अझै विशिष्ट र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले पनि एनआरएनए संस्थाको ठूलो महत्व र गरिमा हुँदाहुँदै पनि यसप्रति आम सर्वसाधारणको आकर्षण घट्दै गएकोतर्फ भने सचेत रहन सुझाव दिएका थिए । स्थानीय अगुवाहरुमाझ अध्यक्ष प्रत्यासी श्रेष्ठले समुदायले चाहेअनुसारकै एनआरएनए निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।
आफ्नो चुनावी अभियानमा स्विन्डनमा बस्ने नेपालीहरुको तर्फबाट प्राप्त सहयोग र समर्थनले आफू थप उत्साहित बनेको बताउँदै श्रेष्ठले विल्शायर नेपाली समाज एवम् स्थानीय अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।
१८ जुलाईमा साधारण सभा बोलाएको एनआरएनएले यसै महिनाको अन्तिममा २०२१–२३ को लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्दै छ ।






