शिब भण्डारी
लन्डन ।सोंपाल समाज यूकेको अध्यक्षमा श्री प्रसाद गुरुङ निर्वाचित भएका छन् । शनिबार जुम मार्फत सम्पन्न भएको औपचारिक कार्यक्रमको छैटौं नयाँ कार्यसमितिको उपाध्यक्षमा जगदीशकुमार गुरुङ, तेजबहादुर गुरुङ र ध्रुव गुरुङ, महासचिवमा भरत गुरुङ निर्वाचित भए ।
यसैगरी कोषाध्यक्षमा प्रताप गुरुङ, सहकोषाध्यक्षमा श्रीमती अन्तिम गुरुङ, साँस्कृतिक सचिवमा श्रीमती सिर्जना गुरुङ, साँस्कृतिक सहसचिवमा श्रीमती निर्मला गुरुङ चयन भएकी छन् । सञ्चार सचिवमा ओमकार गुरुङ, स्वास्थ्य÷सुरक्षा सचिवमा क्या. मोहन गुरुङ, खेलकुद सचिवमा पुकार गुरुङ चयन भएका छन् ।
क्षेत्रगत प्रतिनिधिहरुमा रिडिङ क्षेत्रबाट मिठु गुरुङ, स्विन्डन क्षेत्रबाट सन्तोष गुरुङ, ग्रीनफोर्डबाट श्रीमती गीता गुरुङ, बेजिङस्टोक क्षेत्रबाट ललितमान गुरुङ, बर्नटोक क्षेत्रबाट श्रीमती मथुरा गुरुङ, साउथ इस्ट लन्डनबाट धनबहादुर गुरुङ ‘सिरुबारी’ र सदस्यहरुमा गोविन्द गुरुङ (सानो) र याम गुरुङ चयन भए । आमा समूहको अध्यक्षमा श्रीमती मायादेवी गुरुङ, उपाध्यक्षमा श्रीमती धनमाया गुरुङ, युवा समूह संयोजकमा असिक गुरुङ र सहसंयोजकमा सुजन गुरुङ चयन भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
समाजका अध्यक्ष युक्त बहादुर गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नयाँ कार्यसमितिको सर्वसम्मत घोषणा निर्वाचन टिमले गरेका थिए ।
समाजका नि-बर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा संस्थाका सल्लाहकारहरु क्या. रामकाजी गुरुङ, दीपक (डेभिड) गुरुङ र श्रीमती पार्वती गुरुङ रहेको निर्वाचन समिति गठन भएको थियो । सोंपालबासीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा संस्थापक अध्यक्ष बिजय बहादुर गुरुङ, भु. पु. अध्यक्ष क्या प्रेम गुरुङ लगायतले नया कार्यसमितिलाइ सफल कार्यकालको सुभकामना दिएका थिए।
निर्वाचन समितिका सदस्य दीपक (डेभिड) गुरुङले समाजको नयाँ नेतृत्व चयनका लागि भएको साधारणसभा सफल बनाउन भूमिका खेल्न सबैमा धन्यवाद व्यक्त गरेका छन्।






