लन्डन- संयुक्त अधिराज्य बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरे ।
विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।






