लन्डन। नेपालीहरुको घनाबस्ति रहेको रश्मोर बरोमा नेम थापा काउन्सिलर निर्वाचित भएका छन ।
मगर संघ यूकेका पूर्व अध्यक्ष समेत रहेका थापा रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट ८ सय ९८ मत प्राप्त गर्दै विजयी बनेका हुन ।
उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरेका थिए ।
काउन्सिलर निर्वाचित थापा बेलायतको नेपाली समुदायमा एक सक्रिय अभियन्ता हुन् ।






