कहिले होला राष्ट्रपतिको दिल्ली भ्रमण ?

bidhya7काठमाडौं- डेढ महिनाअघि रोकिएको राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँदिल्ली भ्रमणको अर्को मिति तय भएको छैन ।

नेपालका लागि भारतीय राजदूत रणजीत रायले भने नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक पहल भइरहेको बताएका छन्।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पनि नेपाल भ्रमणका लागि अन्तिम तयारी भइरहेको उनले बताए। ‘अब हुने भ्रमणले दुवै देशको आपसी मेलमिलाप र सम्बन्धलाई थप मजबुत बनाउने छ,’ रायले भने।

दुवै देशका राष्ट्रप्रमुखको उच्चस्तरीय बैठक बस्ने तयारी भएको पनि उनले बताए। परापूर्वकालदेखि भौगोलिक, सामाजिक र धार्मिक हिसाबको सम्बन्ध नेपाल-भारतबाहेक अरू देशको नभएको भनाइ उनले राखे।