फ्राइडे नाइट विथ शिव ,कमेडी शो विच सेलिब्रेटी हुदै

fridaynight

नया शैलीका कार्यक्रम बाट मनोरंजन दिने हेतुले इफ्याक्टरिको प्रोडकसनमा नया कार्यक्रमको सुरुवात हुने भएको छ।

एक महिना देखि युटुब मा चल्दै आएको यो कार्यक्रम अब टेलिभिजन मार्फत सम्पुर्ण नेपाली दर्शकसामु आउने भएको छ।
यो कार्यक्रमलाई दर्सक समक्ष प्रस्तुत गर्न विभिन्न च्यानलहरु संग कुरा भैरहेको जानकारी उक्त कार्यक्रमका संचालक शिव थपलियाले दिनुभयो।यदी सबै कुरा मिलेमा यो कार्यक्रम हरेक शुक्रबार प्रसारण हुने र यो कार्यक्रम पुर्ण रूपमा मनोरञ्जनात्मक हुनेछ। हास्य व्यंग्य र अरु जानकारीले भरिपुर्ण उक्त कार्यक्रममा सुमन गुरुङ ,शशी रुवाल तथा जिबेक के शि लाई आमन्त्रित गरिने छ।