लन्डनमा बन्दैछ ६ सय जना अट्ने ‘नेपाल हाउस’, आर्थिक संकलन तीब्र

w5w1लन्डन- लन्डनमा नेपालीहरुको महत्त्वाकांक्षी परियोजना ‘नेपाल हाउस’ निर्माणको तयारी धमाधम सुरु भएको छ ।

‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ ‘हाम्रो घर हाम्रो गौरव,’ नारासहित गैर आवासीय नेपाली संघ बेलायतले घर निर्माणका लागि आर्थिक सहयोग जुटाउन सुरु गरेको छ ।

संघले शनिबार अल्डरसटस्थित एम्पायर ब्यांक्यूटिङ हलमा आर्थिक सहयोग जुटाउने उद्देश्यले एक च्यारिटी कार्यक्रम गरेको छ ।

एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठका अनुसार, शनिबारको च्यारिटीमा ८०३६९.७७ पाउण्डसहित हालसम्म उक्त प्रोजेक्टका लागि एक लाख ५१ हजार १९४ पाउण्ड ७६ पेन्स सहयोगको प्रतिवद्धता आइसकेको छ । प्रवक्ता खुशी लिम्बुले आयोजना निर्माणको तयारी झन् तीब्र पार्ने बताउनुभयो ।

नेपाल हाउसमा ६ सय जना अट्ने सम्मेलन कक्ष, लाइब्रेरी, क्याफेसहित सोभिनर सप, गोर्खा संग्रहालय, बैठक कक्ष रहनेछ । दुई सय कार र दुई वटा बसका लागि पार्किङ व्यवस्था रहेको उक्त घरमा डबल बेडरुमको १६ अतिथि आवास कोठा रहने बताइएको छ ।

w3१.४१६७ हेक्टर जमिन खरिद गरि बनाउन खोजिएको नेपाली कला संस्कृति झल्काउने नेपाल घरका लागि करिब २.२ मिलियन पाउण्ड खर्च लाग्ने प्रारम्भिक अनुमान छ । सेप्टेम्बर २०१६ सम्म जमिन खोजी सक्ने, प्लानिङ आवेदन डिसेम्बर २०१६ सम्म, प्लानिङ अप्रुभल मार्च २०१७ सम्म लिइसक्ने, कन्ट्रयाक्टर छनोट मे २०१७ सम्म र काम सुरु जुलाई २०१७ बाट गरि डिसेम्बर २०१८ सम्म भवन उदघाटन गर्ने योजना संघको छ ।

महासचिव विजय विक्रम लिङदेनले सञ्चालन गरेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत शरदराज आरनले संघको उक्त प्रोजेक्टका लागि शुभकामना दिंदै दूतावासबाट हुन सक्ने सहयोग भइरहने आश्वासन दिनुभयो ।

एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्वअध्यक्षहरु सूर्य गुरुङ, डमर घले, योगेन क्षेत्री, महेन्द्र कँडेल, आइसीसी सदस्यहरु कृष्ण तिमिल्सेना, संगीता मरहट्ठा, सुष्मा राई लगायतले कार्यवहाक राजदूतलाई खादाले सम्मान गरेका थिए ।

w7अध्यक्ष मुछेत्र गुरुङले नेपाल हाउस निर्माण आयोजना चार वर्षसम्म सक्ने लक्ष्य राखिएको बताउनुभयो ।

कार्यक्रममा सदस्य डा. राजेन्द्र थापाले हेल्थ एण्ड सेफ्टी नियमबारे अवगत गराए भने नेपाल हाउस प्रोजेक्टका संयोजक एवं एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले स्वागत मन्तव्य दिए ।

लक्ष्मी गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए ।

ck 048