भण्डारीले बेलायती व्यवसायीलाई भने, ‘नेपालमा लगानी गर्नुस्’

ntbलन्डन- नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले नेपालमा लगानी गर्न बेलायती व्यवसायीलाई आग्रह गरेका छन् ।

साउथ इष्ट लन्डन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु सम्मिलित एक भेटघाटमा भण्डारीले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताउँदै लगानी गर्न अपिल गरेका हुन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा समेत आयोजित उक्त दिवा भोजमा व्यवसायी भण्डारीले नेपालमा लगानी र व्यापार व्यवसाय गर्न बेलायती व्यवसायीलाई प्रेरित गरे ।

भण्डारीले आगामी जुलाई १९ मा लर्डस क्रिकेट ग्राउण्डमा नेपाली टिम र एमसीसीबीच मैत्रीपूर्ण खेल हुन लागेको जानकारी दिंदै खेलमा सहभागी हुन आग्रह गरेको जानकारी दिए ।