यूकेमा एचके नाइट हुंदै, लोकप्रियक गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेले नचाउने

लण्डन । नेपालका लोकप्रिय गायकहरुको प्रस्तुतिमा बेलायतमा एक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।आगामी नोभेम्बर १२ तारिख शनिबारका साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको हो ।

एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रियक गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहनेछ । त्यस अवसरमा बेलायतस्थित दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् ।

एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउनेछन् । कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरुले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहनेछन् ।

कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङका अनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी बिहान तीन बजे सकिनेछ । कार्यक्रम हेर्न अग्रीम टिकट लिंदा २५ र कार्यक्रमकै दिन गेटमा लिंदा ३० पाउण्ड लिइनेछ । कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ ।

त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ । कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन् । कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।

कार्यक्रमको टिकट लिनका लागि आयोजक समूहलाई सम्पर्क गर्ने नम्बरहरु तलको पोस्टरमा उल्लेख छन् ।

आयोजक समुहका सुवास लन्डन नेपाल न्युज सँग बताउँछन् । कलाकार मात्र नभएर कार्यक्रम हल र प्राविधिक व्यवस्थापन पनि गुणस्तरीय र हेर्न लायक बनाउने प्रतिबद्धता गर्दै उनले कार्यक्रममा सहभागी हुन बेलायतका सबै नेपालीलाई आग्रह गरेका छन् ।