लन्डन- तमुधिं यूकेले आगामी अगष्ट २८ तारिख आइतबार लन्डनमा नेपाली मेला आयोजना गर्ने भएको छ ।
केम्पटन पार्क रेस कोर्स, सनबरी थेम्स्मा मेला हुन लागेको मेला बिहान साढे १० देखि साँझ ८ बजेसम्म चल्नेछ । मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले भाग लिनेछन् । यसलाई सांस्कृतिक पर्वकै रुपमा लिइन्छ ।
मेलामा ब्रिगेड ब्याण्ड तथा तन्नेरीहरुको विशेष प्रस्तुति, एम्बेसडर कप, सांस्कृतिक झाँकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली परिकार तथा उत्पादनका स्टल, बीबीक्यू आदि मुख्य आकर्षण रहने मेला संयोजक नन्दजंग गुरुङले जानकारी दिए ।






