लण्डन |नेपाली समाज नटिङघम ईष्टमिड्ल्याण्डले आगामि 24 जुलाई 2023 सोमबारका दिन नटिङ्घमको मेलवन पार्कमा भब्य समर आउटिङ तथा नेपाली फेस्टिभल गर्दै छ। 
फेस्टिभलमा मिड्ल्याण्ड स्तरिय मैत्रिपुर्ण फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, चुङ्गि,घैटो फुटाउने जस्ता आकर्शक खेलहरु समेत समाबेश गर्न लागिएको छ भने सोहि फेस्टिभलमा चर्चित राष्ट्रिय कलाकार हरु लोक दोहोरीका बादशाह राजु परियार र लोक दोहोरी गायिका शिला आले सहित स्थानिय कलाकार हरुको बेजोड प्रस्तुती रहने छ।सो कार्यक्रममा बिभिन्न एक दर्जन भन्दा बढी नेपाली खानाका स्टल हरु, दर्जन कै संख्यामा अन्य नेपाली पोशाक र गर गहनाका स्टलहरु, नेपाली ब्यबसायीहरुका एकाउण्ट सम्बन्धी स्टलहरु, नेपाली सोलिसिटर तथा कानूनी परामर्शदाताका स्टलहरु, जिवन बिमा सम्बन्धीका स्टलहरु रहने छन।प्यारा मेडिक र आपातकालिन सेवा, एम्बुलेनसको पनि ब्यबस्था रहने छ। कस कसाई निमन्त्रणा गरिएको छ भन्ने हम्रो प्रश्ननको जवाफमा आयोजक संस्था नेपाली समाज नटिङ्घमका अध्यक्ष रविन्द्र शर्मा ले , बेलायतका लगि महामयिम नेपाली राजुत, नेपाली राजदुताबास लण्डन, स्थानिय मेयर तथा काउ्सिलर , मिड्ल्याणडका सबै स्थानिय संघ संस्थालाई समेत उपस्थिति र आतिथ्यताको लागि संस्थाका तर्फबाट पत्राचार गरिसकिएको बताए। सथै आमन्त्रित मध्ये मेयर,काउन्सिलर र कतिपय संस्थाबाट कन्फर्म गरिसकिएको र कति ठाउबाट कन्फर्मेशन आउन बाकि रहेको पनि जानकारी दिए ।
हरेक बर्ष समरमा नेपली समाज नटिङ्घमले समर आउटिङ कार्यक्रम अन्तर्गत सामुहिक समुन्द्र यात्रा गर्दै आएको थियो।यस बिषयमा थप प्रष्ट पार्दै संस्थाका अध्यक्ष शर्माले भने, हामिले प्रतेक बर्ष बसहरु बुक गरेर टाढा समुन्द्र लिएर जाने गरेको र त्यसमा करिब तिनसय पचास भन्दा माथिको हाराहारिमा सहभागिता हुने गरेको थियौ।त्यसमा धेरै सदस्यहरु बिबिध करणले ईच्छा हुदाहुदै पनि छुट्ने गरेकाले यस बर्षपनि कोहि नछुटुन भनेर सोहि निरन्तता तर अलि फरक डंगले गर्न लगिएको र यसमा मिड्ल्या्ड र युके भरिबाट कमसेकम पनि चारहजार भन्दा माथिको उपस्थिति अपेक्षा गरिएको छ।
युकेबासि नेपालीहरुद्वारा संचालित र नेपाल संग सम्भन्धित सबैखाले सेवा प्रदायकलाई स्टल राख्न मिलेने गरि खुल्ला गरिएको र सबैलाई उपस्यथिति भएर फेस्टिभलको मनोरञ्जन लिनु हुन अनुरोध गरिएको छ।
लण्डन लगायत अन्य ठाउहरुमा नेपाली मेला र यस प्रकारका फेस्टिभल धेरै हुदै आईरहेका भएपनि नटिङ्घम,मिड्ल्याण्ड बासि र नटिङ्घम नेपाली समाजको ईतिहासमा भने यो एक फरक र भब्य कार्यक्रम मात्र नभै यो कार्यक्रमले समाजमा आगामी दिका लागि यसले नयाँ मार्ग प्रसस्त गर्ने बिश्वास रहेको आयोजकको भनाई छ।






