मुसाको दुलोबाट आएको धुवाँलाई ज्वालामुखी भनेपछि

emadol

रौतहटमा एक किसानको घरभित्र निस्किएको धुवाँलाई ज्वालामुखी भन्दै हल्ला गरेपछि बुधबार दिनभर धेरै मानिस त्रसित भए ।

भूकम्पको त्रास केही कम भएको बेला ज्वालामुखीको हल्ला चलेको थियो । तर, ज्वालामुखी विस्फोटको खबर हल्ला मात्र भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार रौतहटको गौर ९ का अक्षयलाल महतोको घरमा रहेको चुलोसँगै मुसाले खनेको दुलो जोडिएको र खाना पकाउने क्रममा उक्त दुलोबाट धुवाँ बाहिर आएको थियो ।