केन्द्रको परिपत्रले एनआरएन युकेको अधिवेशन अन्यौलमा

लण्डन। एनआरएनएको १० औ अन्तरास्ट्रिय  सम्मेलनमा विभाजित एनआरएनएमा यही १८ जुनमा नेपालका प्रधानमंत्री पुष्पकमल दाहालको रोहवरमा सहमति गरी आगामी ११ औ अन्तर्राष्ट्रीय सम्मेलन एकताको गर्ने गरी दुबै पक्षबीच सहमति भएको थियो । उक्त सहमति अनुसार  विभाजित राष्ट्रीय समन्वय समितिहरू भएको देशमा सहमतिमा मात्र अधिवेशन गर्न गैर आवासीय नेपाली  संघका दुबै महासचिव गौरी राज जोशी र डा. केशव पौडेलले राष्ट्रीय समन्वन परिषदहरूका नाममा स्पस्ट निर्देशिका सहित निर्देशन जारी गरेका छन्।

उक्त निर्देशिकाले यही जुलाई २२ मा हुने भनिएको एनआरएन युकेको सुनिनबाबु खड्का नेतृत्वको एनआरएन युकेको अधिवेशन अनिश्चित देखिएको छ । एनआरएन युकेका निर्वाचित अध्यक्ष प्रेम गाहामगरले पनि यही जुलाई २१-२२ मै अधिवेशन  गर्ने गरी निशुल्क सदस्य बनाइरहेका छन् । केंद्रको MIS प्रणालीमा नगई आफ्नै तरिकाले पंजीकृत सदस्य बनाई रहेको गाहा समूहले पनि उल्लेख सदस्यहरू बनाएको बुझिएको छ ।

बेलायतमा स्पस्ट दुई समानान्तर समिति  भएको र एनआरएनए केन्द्रका नेतृत्व र पदाधिकारीहरू बेलायतमै  हुदा पनि मिलाउने कुनै पहल गरेको देखिएको छैन् ।केंद्रले मान्यता दिएको खड्का नेतृत्वको कार्यसमिति र उक्त कार्यसमिति बनाएको  चिरन्जिवी ढकालको निर्वाचन समितिले  केन्द्रको सहमति अनुसार जुन ३० सम्म सदस्य बनाउने समय थपेर सहमतिमा फेरिफिकेशन समिति र निर्वाचन समिति बनाउनु पर्नेमा यसमा कुनै पहल नै गरेको देखिएन ।

केन्द्रमा सहमति भएको करिव तीन हप्तासम्म पनि बेलायतका दुबै समूहमा कुनै सहमति नभई भिन्दाभिन्दै निर्वाचन समिति बनाई अधिवेशनको तयारी गर्नाले  दुबै समूहबाट निर्वाचित कार्य समितिले केद्रबाट मान्यता पाउने कुरामा थप विवाद देखिने स्पस्ट छ ।  उम्मेदवारी दर्ता गरी प्रचारप्रसार लागेको समयमा केंद्रको परिपत्रले उम्मेदवारहरूमा आजदेखि थप अन्यौलता देखिएको स्वमं प्रचारप्रसारमा हिडेका उम्मेदवारहरूले  बताउन  थालेका छन् ।

दुईवर्ष अघिको अधिवेशन करिव १२ हजार  केन्द्रको MIS प्रणाली मार्फत पंजीकृत बनेको बेलायतमा अहिले केबल ४ हजार मात्र सदस्य बनेको अवस्था छ । यस्तोमा केन्द्रको निर्देशन अनुसार दुबै पक्ष मिलेर अधिवेशनमा जानुपर्ने र यसमा आफूलाई आधिकारिक भन्ने समूहले एकताको लागि सार्थक प्रयास गर्नुपर्ने देखिन्छ ।

 बेलायती नेपाली समाजमा थप विभाजन रोक्न र अहिले देखिएको अन्यौलतालाई चिर्न पनि बेलायतका सबै एनआरएनए अभियन्ताहरू  आफ्नो व्यक्तिगत आग्रह  भन्दा माथि उठी एकताको लागि पहल गर्नुपर्ने देखिन्छ ।

यस्तो छ पत्र :