एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि अनिल पोखरेलको उम्मेदवारी घोषणा को को छन त प्यानलमा ?

सिड्नी। एनआरएनए अस्ट्रेलियाको चुनावी मिति नजिकिँदै गर्दा अध्यक्ष पदका अर्का प्रत्यासी अनिल पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । सिड्नीको मोर्टडेल गोर्खे प्यालेसमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरी पोखरेलले आफुसगैं आफ्नो सम्पूर्ण प्यानलको उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनआरएनको विभिन्न तहमा रहँदा आफ्नो कार्यकालमा थुप्रै सुधारात्मक प्रयासहरु भएको बताए । उनले आफु कोषाध्यक्ष रहँदा एनआरएनएलाई जीवन्त राख्न काम गरेको भन्दै सबैलाई एनआरएनए भनेर गर्व गर्ने सक्ने संस्था बनेको बताए । पोखरेलले प्रविधिलाई पच्छ्याउँदै अस्ट्रेलिया सरकार र नेपाली अन्य संघ संस्थासगं समेत राम्रो समन्वय गरेर अगाडी बढ्दै आईरहेको उनले प्रष्ट पारे ।

त्यस्तै कार्यक्रममा बोल्दै उनले दशौँ हजार ग्रान्ट लिने ठाउँमा आफुहरुले विभिन्न ठाउँमा ५० ओँ हजार भन्दा धेरै ग्रान्ट उठाउन आफु कोषाधयक्ष रहँदा सफल भएको बताए । युनाईड कनेक्ट नेपाल नारालाई अगाडी सारेर उम्मेदवारी दिएको भन्दै उनले विध्यार्थीहरुलाई साथ सहयोग गर्ने , एनआरएनएलाई अझै सशक्त्त बनाउने तथा नविनतम प्रविधिको प्रयोगबाट मजबुत एनआरएनए बनाउने उद्देश्य रहेको जानकारी दिए ।

आफुले रिजनलका साथीहरुलाई पनि अगाडि बढाएको र अस्ट्रेलियाका सबै राज्यको प्रतिनिधित्वसगैं सबैको प्रतिनिधिमूलक हिसाबबाट उम्मेदवारी दिएको बताए हामी भन्दा साना साना डायस्पोराले ठुलो सुविधा सरकारबाट लिएको भन्दै ठुलो सरकारी अनुदान एनआरएनएमा भित्राएर काम गर्न चाहेको भन्दै उनले आफु लगायत आफ्नो टिमलाई सहयोग गर्न आग्रह गरे कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले आफ्ना सम्पूर्ण एनसीसीका उम्मेदवारहरुको उम्मेदवारी घोषणा गरेका थिए भने उम्मेदवारहरुले पनि आ-आफ्नो परिचय दिएका थिए ।

त्यस्तै एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक पदमा उम्मेदवारी दिएका उम्मेदवार बिनोद कुँवरले युवाहरुले प्रविधिको प्रयोग गरी युवाहरुको नेतृत्व र पुरानाहरुको अनुभव बोटुल्दै एनआरएनएलाई भव्य संस्था बनाएर अगाडी बढ्ने बताए । सबैका समस्यालाई साझा रुपमा समेट्दै प्रतिबद्दता पत्र तैयार पारेको भन्दै उनले सहयोग गर्न अनुरोध गरे ।

आईसीसी सदस्य डिल्ली ढकालले एनआरएनएको नेतृत्वका लागि युवाहरुको पालो आएको भन्दै साहासिक युवाहरुको टिम देख्दा खुसी लागेको बताए । उनले एनआरएनए सबैको साझा संस्था भएकाले कसरी यसको प्रभावकारीता बढ्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । आफुले एनआरएनए के गर्न सक्छ भन्नेबारे सक्षम प्रतिबद्दता मात्रै राख्न अनुरोध गर्दै अहिलेका मतदाता शिक्षित भएकाले चुनावी प्रतिबद्दता पुरा गर्न सक्ने गरी अगाडी बढ्न सुझाव दिए ।

एनआरएनए अस्ट्रेलियामा अध्यक्ष पदका लागि अनिल पोखरेल सगैं उनको प्यानलबाट महासचिवमा सन्तोष कुँवर, सचिवमा थिर बहादुर गुरुङले सचिवमा उम्मेदवारी दिएका छन् । त्यस्तै एनसीसी कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा सयोंजकमा सुमन बोहोरा, आइसिसि सदस्यहरुमा रमेश अधिकारी, टिका भुर्तेल, डिल्ली ढकाल र मदनराज पौडेलले उम्मेदवारी दिएका छन् ।  न्यु साउथ वेल्स राज्य सयोंजकमा बिनोद बहादुर कुँवर, सहसयोंजकमा अमर रसाईली, सचिवमा कल्याण खड्का, सुवास मैनाली, राज पाख्रिन, सक्षम सुवेदी लगायतले उम्मेदवारी दिएका छन् भने एनसीसी सदस्यहरुमा सन्तोष श्रेष्ठ, बद्री कुमार बढवाल, विमल कडेंल, तेज अकवे, रोशन भट्टराई, प्रकाश पाण्डेले उम्मेदवारी दिएका छन् । एससीसी सदस्यहरुमा प्रमोद न्यौपाने, विशाल भान, केपी सेढाई, विराज सुवाल, बाबुराज कडरीया, कृष्णलाल श्रेष्ठ, उज्जवल सुवेदी र रोजा प्रधान लगायतले उम्मेदवारी दिएका छन्। कार्यक्रममा विभिन्न सञ्चारसंस्थाका पत्रकारहरु, सघं संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।