काठमाडौं- कांग्रेस नेता रामचन्द्र पौडेलले आफूले पार्टीमा भाग नखोजेको दाबी गरेका छन् ।
‘पार्टीमा भाग खोजेको हैन, मूल्यांकन खोजेको हो। सभापतिजीले पार्टीमा सल्लाह गरेर सन्तुलन मिलाएर लान्छु भन्नुभएको छ। त्यसअनुसार गर्दा पहिले निर्णय गरेर सुनाउने हैन,’ पार्टीमा ४५ प्रतिशत भागबण्डा खोजेको आरोप लागेपछि विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘निर्णयभन्दा पहिला छलफल गरी औचित्यका आधारमा निर्णय गरौं र पार्टीमा उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान दिने लगायत पार्टीका महत्त्वपूर्ण विषयहरूमा पहिले नै सरसल्लाह गरेर जाऊँ भनिएको हो।’
पौडेलले सिद्धान्त, विचार र निष्ठाका आधारमा हुने मूल्यांकनले पार्टीभित्र पद्धति निर्माण गर्ने उल्लेख गर्दै पार्टी सञ्चालन गर्दा सन्तुलन मिलाउनुपर्नेमा जोड दिएका छन् ।






