माइधारमा डुङ्गा डुब्यो, ८ जनाको मृत्यु

इलाम– इलामको दानाबारी–९ स्थित माइधारमा शुक्रबार दिउँसो २ बजे डुङ्गा डुब्दा ८ जनाको मृत्यु भएको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।

नेपाली कांग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ ।

नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीयले डुबेकाहरुको उद्दार गरेका थिए ।