काठमाडौं, पुस ३० – आगामी वर्ष विश्व अर्थतन्त्रमा चुनौती आउन सक्ने चेनावनी दिएको विश्व बैंकले नेपालको अर्थ व्यवस्था भने रेमिट्यान्सका कारण मजबुत हुने बताएको छ ।
बैकले ग्लोबल आउटलुक डिसअपाइन्टमेन्ट्स, डाइवर्जेसेज एण्ड एक्सपेक्टेशन्स ग्लोबल प्रस्पेक्ट्स रिपोट सार्वजनिक गर्दै यस्तो बताएको हो । बैकले नेपालसँगै बंगलादेशको अर्थतन्त्रमा पनि रेमिट्यान्सको भूमिका महत्वपुर्ण रहेको बताएको छ ।
बैकले सार्वजनिक गरेको रिपोर्टमा छिमेकी मुलुक भारतको अर्थव्यवस्था भने आगामी वर्ष उच्च गतिमा अघि बढने उल्लेख गरेको छ ।
बैंकले सन २०१५ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतले हुने जनाएको छ ।
सन २०१४ मा यो दर दुई दशमलव ६ प्रतिशत रहेको थियो । सन २०१६ मा तीनदशमलव दुई प्रतिशत तथा २०१७ आर्थिक वृद्धि दर पुन घटेर तीन दशमलव दुई प्रतिशत हुने बैंकले अनुमान गरेको छ ।
त्यस्तै बैंकले विकाससिल मुलुकको आर्थिक वृद्धिदर यो वर्ष ४.८ प्रतिशत रहने अनुमान गरेको छ । त्यस्तै २०१६ मा ५.३ र ०१७ मा ५.४ हुने बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।






