गायक थानेश्वर गौतमको “छ मसंग सबै छ” गजल सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै बिधामा उतिकै सफल गायक थानेश्वर गौतम दर्शक तथा श्रोताका लागि नयाँ कोसेली लिएर आएका छन् । जस्तासुकै गीत पनि गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाएका गौतमले यसपटक भने गजल को नयाँ कोसेली ल्याएका हुन् ।
निकै कर्णप्रिय रहेको यो गजलको भाका ‘छ मसंग सबै छ’ रहेको छ । गजलमा सबै कुरा भएर पनि आफ्नो प्रेम साथमा नहुँदाको पीडा समेटिएको छ ।
प्रभा बर्तौलाको मनै रुवाउने शब्द रहेको गतिमा संगीत स्वंम गौतमको रहेको छ । गीतको बारेमा गौतमले आफु धेरै आशाबादी रहेको र बिगतमा जस्तै श्रोता तथा दर्शकले साथ दिने आशा र अपेक्षा रहेको बताए । यो गीतले सबैलाई भावक बनाउने हुँदा उनी आफ्ना अरु गीत भन्दा अलि फरक रहेको बताउँछन।
गीतको म्युजिक भिडियो लाई र टीएस क्रियसनले बजारमा ल्याएको छ भने भिडियो म्युजिक एरेन्जर विष्णु अधिकारी रहेका छन् । गीतको छायांकन पासाङ शेर्पाले गरेका छन् भने भिडियो एडिटिङ राज कुमारको रहेको छ ।