लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक पशुपति शर्मा यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् ।
समाजमा घट्ने हरेक राम्रा र नराम्रा घटनालाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक शर्माले यस्तै बिषयबस्तुमा “डल्ले साबुन” बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा लय, शब्द तथा स्वर स्वयंम शर्माको रहेको छ भने गायिका सम्झना लामिछानेले साथ दिएकी छिन् ।
भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैसिर को छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ । गायक शर्माले गीतमा पुरानो जमना र अहिले आएको परिवर्तन बढ्दो फेसनलाई मुख्य कथा बस्तु बनाएका छन् ।






