मंगलबार महाराजगन्जस्थित कोइराला निवासमा रिपोर्टस् क्लबले गरेको साक्षात्कारमा सभापति कोइरालाले मधेसी दलका जायज माग वार्तामार्फत् पूरा गर्न सकिने प्रतिक्रिया दिए ।
आन्दोलन र द्धन्द्धतिर नजान मधेसी दललाई आग्रह गर्दै उनले मुलुक फेरि द्वन्द्वमा फसे ठूलो दुर्घटना निम्तिने बताए । उनले नेपाल र भारतको सम्बन्ध चिसिएकोबारे आफैं अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।
कोइरालाले नेपाली कांग्रेस सरकारमा नजाने तर सरकारबाहिर रहेर असल प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र सरकारलाई सहयोग गर्ने बताए ।
भूकम्पपछि पुनःनिर्माणको काम सुरु गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले नेपालमा प्राप्त स्रोतको परिचालन गर्दै आत्मनिर्भर बन्ने बाटोमा लाग्न अब ढिलाइ गर्न नहुने बताए ।






