नारायणगोपाललाई यसरी सम्झिइयो

नारायणगोपाल संगीत कोषले यो वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ स्व ।गोपाल योन्जनलगायत तीनजनालाई प्रदान गरेको छ ।

स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौँको महाराजगन्जस्थित उनको निवासमा आयोजित कार्यक्रममा संगीतकार, गीतकार र गायक स्व ।गोपाल योन्जन र संगीतकार स्व ।दिव्य खालिङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, कोषले दार्जिलिङ निवासी वरिष्ठ गायिका दिलमाया खातीलाई पनि सम्मान गरेको हो । पुरस्कारको राशी जनही २५२५ हजार रुपैया रहेको छ ।

कोषले आयोजना गरेको स्मृति दिवसमा नयाँ तथा पुराना गायक–गायिकाहरुले नारायणगोपालका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी, नारायण गोपालको २४औं स्मृति दिवसको अवसरमा शुक्रबारै महाराजगन्जस्थित नारायणगोपाल चोकमा नेपाल कला संस्कृति विकास केन्द्रले पनि श्रद्धान्जली तथा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो

Wach Video