यी हुन् एसिड आक्रमण गर्ने जीवन विक

11076086_10153230586909048_1315176511_n

एसएलसी परीक्षाको तयारी गरिरहेकी दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

संगीता मगर बसेकै घरमा कोठा लिएर बसेका काभ्रेका विक पहिले संगीता र उनका भाईलाई ट्यूसन पढाउँथे । ट्यूसन पढाउने क्रममा सँधै झगडा भइरहँदा हेपेको अनुभूति गरेपछि आक्रमण गर्ने योजना बनाएको विकले बताए ।

विक भारतीय आर्मी बन्न नसकेपछि काठमाडौं बस्दै आएका थिए । बीबीएस पढेका विक २०६९ देखि उक्त घरमा कोठा लिएर बसिरहेका थिए ।

संगीतालाई पहिलो रड र लाठीले हान्ने योजना बनाएका थिए । तर, भारतीय टीभी हेरेपछि एसिडले आक्रमण गर्नु उपयुक्त हुने ठानेको विक बताउँछन् ।

त्यसपछि उनले २०७१ असोजमा रु.१२५ मा न्यूरोडको भित्रि पशलबाट एसिड किनेको थिए । भारतमा बस्छु भनेर घरमा ढाटिरहेका विकले केही समय संगीतालाई पीछा गरेर ट्यूसन पढ्ने ठाउँ पत्ता लगाएका थिए ।

संगीता पढ्ने ठाउँ थाहा भएपछि ५०० मिलिलिटर एसिडले आक्रमण गरेर विक सिक्किम पुगेका थिए । सिक्किमा विक २८ फागुनसम्म बसेर नेपाल फर्किएका थिए ।

नेपाल फर्किएको थाहा भएपछि विकलाई ५ चैत दिउँसो १ बजे उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको एआइजी विज्ञानराज शर्माले जानकारी दिए । प्रहरीले विकलाई हट लिष्टमा राखेर अनुसन्धान गरिरहेकाे थियाे ।
पत्रकार सम्मेलनमा हाँस्दै अाएका विक केही क्षणपछि बेहाेस भएर ढलेका थिए ।
11072460_10153230587694048_1294898606_n
सञ्चारकर्मीले तस्बिर खिच्दै गर्दा पीडक बिक ढलेपछि उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।