दैनिक हजारौँले लिन्छ्न् राहदानी

गगनशिला खड्का
गुल्मी ३० जेठ ।    गुल्मीको दोहली ७ खग्रेटा निवासी ४१ बर्षिय महेन्द्र कार्कीले बैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने उदेश्यका साथ  तिन महिना अगाडी राहदानी लिए । सदरमुकाम तम्घासमा व्यापार व्यवसाय गरेर बसेका कार्कीलाई यहाँको आम्दानीले घरखर्च समेत चलाउन मुस्किल भयो । उनले विकल्पको रुपमा बैदेशिक रोजगारीलाई अगाडी सारे र खाडी मुलुक दुबई जानका लागि भिजा लगाएको बताए । उनले भने ः“ यहाँ किराना दुकान गरेर बसियो,तर त्यसले केही भेटेन ।” नेपालको राजनितिक अवस्थाका कारण व्यापार व्यवासायमा सफलता हात नलागेपछि बैदेशिक रोजगारीका लागि खाडी मुलुक दुबई जाने निधो गरेको कार्कीले बताए । उनले भने ः“ यो देशका नेताहरु हेर्नुस,यिनले गर्दा हामी जस्ता यही केही गरौँ भन्ने युवाले देश छोड्नुप¥र्यो ।”
यसरी राहदानी बनाएर बैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक जाने सोच बनाएका कार्की मात्रै होइनन् छापहिले २ निवासी प्रेम बहादुर घर्ति बैदेशिक रोजगारीमा जानका लागि नै राहदानी बनाएर तयारी अवस्थमा छन् ।
गैर सरकारी संस्थामा फिल्ड संहायकका रुपमा काम गर्दै आईरहेका उनी यहाँको तलबले आफ्नो दैनिकी समेत चल्न  नसकेपछि विदेश जाने तयारीमा रहेका छन् । उनले भने ः“ यहाँ जागीर गर्छु भनेर मात्र भएन,खाजा खर्च समेत पुग्दैन ।” घर्तिले खाडी मुलुक जानकै लागि राहदानी बनाएको बताए । उनले राम्रो ठाउँमा काम पाएमा विदेश जाने बताए । कार्की र घर्ति जस्तै गुल्मीका दैनिक हजारौँ युवाहरुले राहदानीका लागि  निवेदन दिने गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार यो आर्थिक बर्षमा मात्रै गुल्मी जिल्लामा राहदानीका लागि निवेदन दिनेको संख्या १४ हजार ६ सय ५३ रहेको छ । जस मध्ये सामान्य राहदानीका लागि  ७ हजार ६ सय ७० जनाले निवेदन दिएका थिए भने ६ हजार ९ सय ८३ जनाले दु्रत राहदानीका लागि निवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । गत बर्षको असार देखी यो बर्ष बैशाख सम्म जिल्ला प्रशासन कार्यालय गुल्मीले ८ हजार ४ सय ७८ जनालाई राहदानी वितरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखामा कार्यरत भुवन बस्नेतले जानकारी दिए । राहदानीका लागि २०७१  असारमा १४ सय २०,साउनमा ११ सय ९,भदौँमा ११ सय ८१,असोजमा १५ सय ३९,कार्तिकमा २१ सय १३,मंसिरमा १८ सय ७९,पौषमा ११ सय १०,माघमा १२ सय ९९,फाल्गुणमा ११ सय १२,चैतमा ९ सय ८० र यो  बैशाखमा ८ सय ८१ जनाले निवेदन दिएका थिए ।
बस्नेतले राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने अधिकांश बैदेशिक रोजगारीका लागि खाडी मुलुक दुबई,मलेसिया,साउदी अरब,कतार,ओमान,बहराइन जाने रहेको बताए । उनले भने ः“ यहाँ आउने त त्यही खाडी देश जाने धेरै छन्,राम्रो देशमा जाने त्यती धेरै छैनन् ।”