गगनशिला खड्का
गुल्मी ३० जेठ । गुल्मीको जुभुङ्ग गाविसकी कुशुम रजाली एक महिना अगाडी घरमै बसेर दिन गुजार्थिन ।
कहि कतैँ केही काम गर्न खोजिन भने न हातमा सिप छ न क्षमता नै । गाउँका पढालेखा र शिक्षित दिदिबहिनी जस्तै उनलाई पनि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर सक्ने अवस्था थिएन ।
गाउँघरमा घरायसी काम गर्दै दैनिक विताईरहेकी रजालीको जिवनमा एकाएक परिवर्तन आउन थाल्यो । फुर्सदमा रहेकी उनलाई एकछिन भेट्न पनि ग्राहो हुन थाल्यो । उनको यो फुर्सदलाई गरीबी निवारणका लागि लघुउद्यम विकास (ःभ्म्(एब्० कार्यक्रमले व्यस्ततामा बद्लिदियो ।
नेपाल सरकारको उद्योग मन्त्रालय अन्र्तगत घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा जनविकास केन्द्र गुल्मीले सञ्चालन गरेको कृषी तथा पशुपालन र सिलाईकटाई तालिममा सहभागी रजाली जस्तै जुभुङ्गका गाविसका २६ जना उद्यमी बन्ने अभियानमा लागेका छन् । आफ्नो गाउँमा लघुउद्यम विकास कार्यक्रम आउनुभन्दा अगाडी लाजका कारण घुम्टोले मुख छोप्ने महिलाहरु अहिले आवश्यक कुरामा बोल्न नडराउने रजालीले बताईन् । उनले भनिन् ः“ हामी त बोल्न डराउथिम,केही भन्न सक्थेनम,अहिले सिप सिकेका छौँ,केही गर्न सक्छौँ भन्ने आँट गर्न सक्छौँ ।”
ठुलाचौर कृषि तथा पशुपालन लघुउद्यमी समुहमा आवद्ध भएर रजालीले पशुपालनको लागि तालिम लिइसकेकी छिन् ।
उनी जस्तै हातमा कुनै पनि सिप नहृुदाँ पढेर पनि केही गर्न नसकेकोमा चिन्तिन थिईन् दिलु बराली । उच्च माध्यमिक सम्म शिक्षा हासील गरेर विवाह गरेकी दिलुलाई संगै पढ्ने साथीहरुले जस्तै जागीर गर्न मन् नलागेको त कहाँ हो र ? तर त्यो उनका लागि सम्भव भएन । गाउँमै केही गरौँ भन्ने भावना बोकेकी उनी सिलाइकटाई तालिममा सहभागी भएकी छिन् । श्रृजनशिल सिलाईकटाई लघु उद्यमी समुहकी अध्यक्ष समेत रहेकी उनी अव यसलाई उद्यमको रुपमा विकास गर्ने सोँचमा छिन् । उनले व्यवसायिक रुपमा सिलाइकटाई व्यवसाय शुरु गर्ने बताईन् । बरालीले भनिन् ः“ म संग कुनै सिप थिएन र पो छटपटाईरहेकी थिएँ,यो तालिम पछि यसमै प्रगति गर्ने धोको छ ।” उनले गाउँका अन्य महिलाहरुलाई पनि उद्यमशिल बन्न आग्रह गरीन् । उनले भनिन् ः“ म मात्रै होइन,यो पेशामा अरु पनि लागेर पैसा कमाउनु पर्छ ।” विषेश गरी गरीब र दलितका लागी सञ्चालन गरिएको लघुउद्यम विकास कार्यक्रमले ग्रामिण क्षेत्रमा पछाडि पारिएका उत्पिडित जाति र समुदायलाई आत्मनिर्भर बन्नका लागि सहयोग गर्ने जनविकास केन्द्र गुल्मीका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनले यो आर्थिक बर्षमा गुल्मी जिल्लाका ४ गाविस जुभुङ्ग,दौघा,हरेवा र पिपलधाराका १ सय ५ जना उद्यमी सिर्जना गरेको जानकारी दिए । पोख्रलले ४ गाविसमा व्यवसायिक बाख्रा पालन,चाउमिन उत्पादन,आरन तालिम,उनका कपडा बुन्ने तालिम,हाते कडाई,बाँसको साम्रगी बनाउने तालिम,सिलाईकटाई लगायतका कार्यक्रम सम्पन्न भईसकेको र कतिपय सञ्चालनमा रहेको बताए । गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (ःभ्म्(एब्० का क्षेत्रिय प्रबन्धक भिम विष्टले लघुउद्यम कार्यक्रमले लक्षित समुदायलाई फाईदा पु¥याउनुपर्ने बताए । उनले लघुउद्यम कार्यक्रममा सहभागी सबै जना उद्यमी बनेर देखाउनुपर्ने बताए । जिल्ला विकास समितिका योजना अधिकृत भक्तीराम मरासीनीले सिप व्यवहारमा उतार्नुपर्ने बताए । उनले समयमै सिकेको सिपलाई कार्यान्यन गर्न सकेमात्र त्यसको लगानी खेर नजाने बताए ।
गरीबी निवारणका लागि लघुउद्यमले बनाउदैँ उद्यमी






