फडिन्द्र भट्टराई ,
लन्डन |
साउथ ईस्ट लन्डनको चार्ल्टन नेपाली समाजले हरेक वर्ष जस्तो यस बर्ष पनि आगामी जुलाई महिनाको पांच तरिक समर बार्बेक्यू कार्यक्रम गर्ने भएको छ । देशमा भूकम्पले पुर्याएको अकल्पनीय क्षति र पीडाको अवस्थामा पनि भुकम्प पिडित हरुकै लागी सहयोग जुटाउन यस वर्षको कार्यक्रम समर्पित गरिन लागेको जानकारी सचिव टि एन रिजाल ले दिएका छन । यस अघि चार्ल्टन नेपाली समाजले नेपालमा ततकालिन राहत स्वरुप छ लाख रुपैया बराबरको राहत सामग्री देशका बिभिन्न भागमा वितरण गरि सकेको छ । अबको कार्यक्रम बाट हुने सहयोग पुनर्स्थापनाको रुपमा पुग्ने जनाइएको छ ।
चार्ल्टन मेरिडिएन स्पोर्ट्स कलमको खुला ग्राउण्ड्मा आयोजना गर्न लागिएको कार्यक्रममा बिबिक्यू खाना लगायत सांस्कृतिक कार्यक्रम, डिजे तथा भलिवल प्रतियोगिता लगायतका मनोरन्जनात्मक कार्यक्रमको तालिका रहेको छ । सबै सुबिधाको शुल्क स्वरुप जनही (£१०.०० दश पाउण्ड ), र पांच देखि ११ वर्षसम्मका बच्चाको लागी £५.०० ( पांच पाउण्ड ) मात्र तोकिएको जानकारी उपाध्यक्ष टंक कंडेलले दिएका छन । अबको दुई हप्ता पछी हुन् लागेको उक्त ओपन गेट टुगेदर प्रोग्राम मा सहभागी भएर देशको राहतमा सघाउन समाजले सबै स्थानिय एबम आसपासका नेपाली हरुमा आवहान गरेको छ ।
यस पटक सुपथ मुल्यमा क्यटरिङ्गको जिम्मेवारी संस्थापक अध्यक्ष सुरज केसीले लिएका छन । आज चार्ल्टन हाउसमा अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा बसेको कार्यसमिती तथा सल्लाहकारहरुको बैठकले कार्यक्रम आयोजनाको बिबिध पक्षको छलफल गर्दै उक्त निर्णय गरेको हो । बैठकले भूकम्प राहतको वितरणमा तत्कालिन अवस्थामा नेपालमा समाजको तर्फ बाट भूमिका निभाउने सबैलाई धन्यबाद ज्ञापन गरेको छ । बैठकमै सम्बन्धित हरु बाट नेपालमा राहत वितरण पछिको रिपोर्ट समेत प्रस्तुतु गरिएको थियो ।







