म त भुरेभारे हो: अर्थमन्त्री महरा

पोखरा – अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठुला माछाहरु रहेको र आफुहरु चाहिँ भुरामात्र भएको बताएका छन् ।

अर्थमन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

”केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नुभाहोला”, महराले भने ”मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भनन चाहदिनँ, धेरै ठुला माछाहरु छन् यसमा । हामी त भुरेभारेमात्र हो ।”