रुकुम – सार्वजनिक क्षेत्र लैंगिकमैत्री बनाइँदै छ । नबनेको त्यस्ता ठाउँलाई लैंगिकमैत्री बनाउनुपर्ने आवाज सर्वत्र उठेको छ ।
तर यहाँको एक स्वास्थ्य केन्द्रमा भने पुरुष स्वास्थ्यकर्मीले गर्भ जाँच गर्दै आएका छन् ।
पीपलस्थित स्वास्थ्य चौकीमा झण्डै एक बर्षदेखि पुरुष स्वास्थ्यकर्मीले गर्भवती जाँच गर्ने गरेका हुन् ।
चौकी प्रमुख स्वास्थ्य सहायक चन्द्रवीर रोकाले २०७२ फागुन २६ यता आफूले नै निरन्तर सेवा दिइरहेको बताए ।
२०७२ माघ २० गते स्वास्थ्य चौकीमा हाँजिर भएकी अनमी भगवती केसी त्यसको महिना दिनपछि जिल्लामा काज बसेपछि पुरुष स्वास्थ्यकर्मी आफै गर्भ जाँचमा लाग्नुपर्ने बाध्यता आएको छ ।






