महाभूकम्पको कारणले क्षति ग्रस्त ओखल्ढुङ्गा जिल्लाको रगने गा बि स वडा न ६ पोखरी स्थित खाडा देबी प्राथामिक बिध्यालय ने बि संघ युकेले निर्माण गरेको छ. नेपाल बिधार्थी संग केन्द्रले ओखल्ढुङ्गा जिल्लाको स्कुल निर्माणका निम्ति संघका केन्द्रिय सदस्य लिला बलदभ दाहाल ‘काका लाइ संयोजक तोकेको थियो।
ने बि संघ बेलायतका सभापति उमेश भण्डारीले केन्द्रिय अधक्ष्य रन्जीत कर्ण र केन्द्रिय सदस्य एब ओखल्ढुङ्गा संयोजक लिला बलदभ दाहाल ‘काका संगको सहकार्यमा उक्त स्कुल निर्माण गरिएको जानकारी दिय। खाडा दे वि प्रा बि निर्माणका निम्ति जस्तापाता ने बि संघ युकेले उपलब्ध गराएको र स्थानीय स्तरमा रहेको काठ र बासको प्रयोग गरि स्कुल निर्माण गरिएको कुरा भण्डारीले बताय। ने बि संघ युकेले महा भूकम्पको यो बिपतिमा गरेको सहयोग उदरणिय रहेको कुरा स्कुलका प्रधानध्यापक र स्थानीय बासिन्दाले बताए।
ने बि संघ युकेले केन्द्र संगको सहकार्यमा थप २ वटा स्कुल निर्माण गरिने जनाएको छ। जसका निम्ति जस्तापाता लगायतको ब्यबस्थापनको तयारीमा ने बि संघ युके जुटेको कुरा बताउनु भयो। ने बि संघ युकेका कार्यबहाक सभापति गणेश दाहालले स्कुल निर्माणको अभियानमा सफल पार्नको निम्ति बेलायतबासी नेपाली समुदायमा बिशेष आग्रह गरेका छन्।
विभिन्न ब्यक्ति हरुले कुनै नेताको नाम लिएर ब्यक्ति बिशेषको प्रचारमा बढी लागेकोले त्यसमा सजक रही ने बि संघलाई संस्थागत सहयोग गर्न बिशेष अनुरोध गरेका छन्। ने बि संघ सभापति उमेश भण्डारीकै नेतृत्वमा स्कुल निर्माण गरिने र संकलित आर्थिक रकमको सतप्रतिसत सदुपयोग हुनेमा ढुक्क हुन आग्रह गरेका छन्।
ने बि संघ सभापति उमेश भण्डारीले ने बि संघ युके ले थप २ स्कुल बनाउन लागेकोले सहयोगको निम्ति बेलायतबासी नेपाली समुदाय संग आग्रह गर्नु भएको छ। जसका निम्ति ने बि संघ युकेका कार्यबाहक सभापति गणेश दाहालको बैंक अकाउण्ट प्रयोग गरिएको छ। सहयोग रकम संकलित पछि बेलायत बाट प्रकाशित पेपरमा र बिभिन्न अनलाइन मिडिया बाट जस्ताको तेस्तै प्रकाशित गरिने कुरा दाहालले बताए।
Account Detail:
Ganesh Dahal
Sort Code: 20 98 57
A/c No: 23519953














