काठमाडौँ, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो ।
लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ दशमलव ४८ बिन्दुले बढेको छ ।
स्टककाअनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ ।
स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ०७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ ।






