मदिरा सेवन गर्ने डीएसपी निलम्बनमा

dspकाठमाडौँ- मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेको आरोपमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।

सिलवालले गए राति कमलादीस्थित एक रेस्टुराँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सिलवाललई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सिलवाल कार्यरत आयुक्तको कार्यालयले प्रहरी प्रधान कार्यालयमा कारबाहीका लागि पत्र पठाएकामा गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।