स्पेन । भारतीय नाकाबन्दीको बिरोधमा पोर्चुगलमा नेपालीहरूले प्रदर्शन गरेका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै पोर्चुगलमा बस्दै आएका नेपालीहरुले भारतीय दूताबास अगाडि भारतविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पाच सयभन्दा बढी नेपाली सहभागी भएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अगुवाइमा विरोध प्रर्दशन गरेका हुन् । संघका अनुसार बिरोध प्रदर्शनसँगै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहे पनि भारतीय दूताबासले बुझ्न नमानेपछि इमेल र पोष्ट मार्फत पठाइएको छ।प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए ।
बिरोध कार्यक्रममा ब्याक अफ इन्डिया, रेक्सपेक्ट नेपाल लगायतका नाराहरु लगाइएको थियो । यो लण्डनपछि युरोपकै दोस्रो ठुलो प्रदर्शन भएको बताइएको छ ।







