जनसम्पर्क समिति यूकेले २९ डिसेम्बरमा राष्ट्रिय एकता दिवस मनाउदै क्रियाशील सदस्य बाड्ने

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले आगामी २९ डिसेम्बर २०२४ का दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेको छ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको निर्देशन अनुसार कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूकेकी महामन्त्री रोमीयन वेनम लिङदेनले जानकारी दिईन ।

नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रममा सभापति गुरुङले नेपाली कांग्रेस कार्यालयबाट प्राप्त क्रियाशील सदस्यता कार्डहरू वितरण गर्नेछन्। यस अवसरमा नेपाली कांग्रेसको राष्ट्रिय एकता र मेलमिलापको विचारलाई झल्काउने विविध गतिविधिहरू पनि सञ्चालन गरिने कार्यक्रम रहेको छ।

२९ डिसेम्बर दिउँसो १ बजे ठमेल रेस्टुरेन्ट एन्ड बार, अल्ट्रसड (GU11 1BH, 9A High Street) मा हुने कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग र उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति यूकेले अपिल गरेको छ ।

कार्यक्रमका लागि नेपाली कांग्रेसका आस्थावान कार्यकर्ता समर्थक तथा बेलायतबासी सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा गरिएको र
तयारी तीव्र रुपमा भइरहेको महामन्त्री रोमीयनले जानकारी दिइन ।