श्रीमान्-श्रीमतिको भूमिकामा विपिन र नम्रता, चलचित्र ‘प्रसाद’मा

नेपाली चलचित्र जगतमा निकै चर्चित नायिका नम्रता श्रेष्ठ भिन्नभिन्न रोललाई राम्ररी निभाउने कलाकार हुनाले उनलाई प्राय सबले मन पराउछन । उनको नयाँ चलचित्र आउने भनेपछी दर्शकहरु चलचित्र रिलिज हुने दिन कुरेर पनि हेर्न जाने गर्छन् ।

उनका फ्यानहरुका लागि खुशीको खबर, आजबाट उनको नयाँ चलचित्र ‘प्रसाद’को छायांकन सुरु गरिएको छ । दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ भने छायांकन राजेश श्रेष्ठको रहनेछ । शुभसाइत समारोहमा चलचित्रका मुख्य ३ कलाकारले संवाद बोलेर मुहुर्त सट दिएका थिए ।

सुवास थापको निर्माणमा तयार हुन लागेको यो चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् । निःसन्तान दम्पत्ती र उनीहरुको पीडाको कथालाई चलचित्रले उठान गर्नेछ । विपिन र नम्रतालाई श्रीमान्-श्रीमतिको भूमिकामा देखाउने तयारी निर्देशक राउतले गरेका छन् । निश्चलको भूमिका बारे केही पनि बोलिएको छैन । निश्चल, नम्रता लगायतका लोकप्रिय कलाकारहरु हुनाले चलचित्रको व्यापार र कथावस्तुबारे थाहा पाउने उत्सुकता सबैमा देखिन्छ ।