फ्रान्सः पेट्रोलियम पदार्थको मूल्य बढ्दा राष्ट्रपतिको राजीनामा माग गर्दै हिंस्रक प्रदर्शन

फ्रान्सको राजधानी पेरिसमा पेट्रोलियम पदार्थको मूल्य विरोधमा भइरहेको प्रदर्शनलाई नियन्त्रणका लागि पुलिसले अश्रु ग्यास प्रहार गरेका छन् भने पानीको फोहोराले पनि भीडलाई नियन्त्रण गर्न खोजेका छन् ।

पेरिसमा गत दुई हप्तादेखि प्रत्येक हप्ताको अन्त्यमा विरोध प्रदर्शन भइरहेको छ ।

पेरिसको शान्ज एलिजे इलाकाको संवेदनशील स्थानमा पुलिसले बनाएको ब्यारिकेड तोड्ने प्रयासका बीच केही प्रदर्शनकारीबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले थुप्रै गाडीमा आगलागीसमेत गरेका छन् ।

हज्जारौं प्रदर्शनकारीको नियन्त्रणका लागि तीन हजार पुलिस तैनाथ गरिएको थियो ।

प्रदर्शनकारीले पहेंलो रङको ज्याकेट लगाएर विरोध गरिरहेका छन् । त्यसैले उनीहरुलाई ‘एलो ज्याकेट’ भनिँदै छ ।

शान्ज एलिजे इलाकामा प्रधानमन्त्री कार्यालयसमेत केही अन्य महत्वपूर्ण भवन छन् । प्रदर्शनकारीलाई रोक्नका लागि भवन अगाडि सुरक्षा घेरा बनाउँदै पुलिसले मेटल ब्यारिकेड्स लगाएका थिए ।

अधिकारीका अनुसार अहिलेसम्म कुनै पनि प्रदर्शनकारी उक्त इलाकामा प्रवेश गर्न सकेको छैन ।

केही प्रदर्शनकारीले सडक किनाराबाट पुलिसमाथि पटाखा र ढुङ्गाले हमला गरे । प्रदर्शनकारीहरु राष्ट्रपति इम्यानुएल म्याक्रोंविरुद्ध नाराबाजी गरिरहेका थिए र उनको राजीनामा माग गरिरहेका थिए ।

किन रिसाएका छन् प्रदर्शनकारी ?

फ्रान्समा धेरैजसो कार डिजेलले चल्छ । देशमा पछिल्लो १२ महिनामा डिजेलको मूल्य करिब २३ प्रतिशतले वृद्धि भएको छ । औसतमा १.७१ डलर प्रतिलिटरको वृद्धि भइरहेको छ । यो सन् २००० पछि सबैभन्दा उच्च स्तर हो ।

वैश्विक स्तरमा कच्चा तेलको मूल्य बढेको थियो तर पछि कम पनि भएको थियो । तर म्याक्रों सरकारले डिजेलमा ७.६ सेन्ट प्रति लिटर र पेट्रोलमा ३.९ प्रति सेन्ट प्रतिशतको हाइड्रोकार्बन ट्याक्स लगाए । सरकाले बिजुलीबाट चल्ने कार र स्वच्छ इन्धन अभियान अन्तर्गत यो कदम उठाएको बताएको थियो ।

त्यसपछि सन् २०१९ जनवरी १ तारिखदेखि डिजेलको मूल्यमा ६.५ सेन्ट र पेट्रोलमा २.९ सेन्टको बढोत्तरीको निर्णय लिइएको थियो ।

राष्ट्रपतिका अनुसार वैश्विक स्तरमा कच्चा तेलको मूल्यवृद्धिकाले फ्रान्समा पनि मूल्य वृद्धि भएको हो ।

शुक्रबार पश्चिमी फ्रानसमा अश्रु ग्यासको गोलासहित एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ । पक्राउ परेका प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोंसँग भेटको माग गरिरहेका थिए ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *