बिनास काले बिपरित बुध्धी !

लण्डन,
शान्त बिनोद लामिछाने

santa binod

 

 

लोकतन्त्रमा विश्वास नगर्नेहरुको यो भन्दा अर्को हैसियतनै के हुन् सक्छ र ? बार्ता र सहमति लोकतन्त्रका उत्तम विकल्प हुन् !

यसको पनि निश्चित समयआबधि हुन्छ ! पाँच छ वटा मूल मुध्धाका लागि कति वर्ष सम्म सहमति को नाटक मात्रै गर्ने ? अप्रिल १० २००८ मा सम्पन्न भएको पहिलो संबिधान सभाको निर्बाचनका मिति देखि आजसम्म कति मात्रै बैठक बार्ता र सहमति भएका छन् र यो निरुत्तरित झन्डै सात वर्षा को अबधिमा नेपाली जनताको रगत र पसिनाले तिरेको चालीसौ अर्ब रुपिया केवल लोकतान्त्रिक संबिधान बनाउने निहुमा खर्च भएको छ र बारम्बार संबिधान निर्माण हुन नसक्नुका पछाडीको मुलकारण माओबादी बनेको छ भने यसकार्यमा नकारात्मक सहयोग मधेशबादी दलहरुको रहेको छ ! यो पर्क्रिया अझै लम्बिएमा यी दलका नेताहरु त अरबपति बन्लान तर नेपाली जनता भने भिखारी हुनेछन ! यिनीहरुको भित्रि मनसाय पनि नेपाली जनतालाई भिखारी नै बनाउने रहेको छ भलै बाहिर जे सुकै नाटक गरुन ! यिनीहरुलाई देश भाडमा गएपनि केहि मतलब छैन भन्ने कुरा यिनीहरुको एजेन्डा, सोच र ब्यबहारले प्रमाणित गरिसकेको छ र यसैकारण दुइ तिहाई भन्दा बढी नेपाली जनताले यिनीहरुलाई तिरस्कार गरिसकेका छन् ! संक्षेपमा, यिनीहरुलाई संबिधान बनाउनुनै छैन र माओबादी को यथासक्य प्रयास पनि संबिधान बनाउन नदिनु नै हो ! जब यो कुरा छर्लंग प्रस्ट भैसकेपछि फेरि पनि नकारात्मकतालाइ प्रश्रय दिनु लोकतन्त्रबादी हरुको पनि भुल हुनेछ !

नेपाली जनताले आफ्नो छातीमा ढुंगा राखेर , शिरमा अरबौको ऋण साचेर गताबर्स मात्रै केवल केवल र केवल अन्तिम पटक लोकतान्त्रिक संबिधान बनाउनको लागि चुनेर र मनोनित गरेर पठाएका जनप्रतिनिधि हरुले उनीहरुको आवाज लाइ नजरअन्दाज गरेमा यो अक्षम्य हुनेछ र अब फेरि आफ्नो निर्बाचन क्षेत्र को द्वार सदाका लागि बन्द हुनेछ !

जब धेरै वर्षको सहमति र बार्ता लाई निरर्थक र मुल्यहीन बनाउने प्रयास गरिन्छ , सीदासादा जनताको निर्मल मन माथि कुल्चियिन्छा, लोकतन्त्र को मूल्य र मान्यता लाई चकनाचुर पार्ने प्रयास गरिञ्छ तब बाकीरहेको लोकतान्त्रिक विकल्पलाई आत्मसात गर्नु भन्दा अर्को विकल्प रहदैन र त्यो भनेको जनताले संबिधान निर्माण गर्न पठाएका दुइ तिहाई भन्दा बढी सभासदहरुले हस्ताक्षर गरेर माघ ८ भित्रै संबिधान बन्नुपर्ने एक्यबद्दता को आवहान लाई आत्मसात गर्नु नै हो जुन अब संबिधान सभा को पर्क्रिया बाट अबिलम्ब जारी गरिनुपर्छ र त्यो नै लोकतान्त्रिक पनि हुन्छ !

संबिधान सभा भित्र माओबादी सभासद हरु बाट भएको तोडफोड र हिँसा प्रति गहिरो खेद प्रकट गर्दै अबिलम्ब नया नेपालको लोकतान्त्रिक संबिधान जारी गर्नका लागि जोडदार माग गर्दछु !

लेखक: (बेलायतबाट नेपाली काँग्रेस माहासमिति सदस्स्य हुन्)