कूल बीमाको ६५ प्रतिशत बीमा बिदेश जानेहरुको

६ माघ, काठमाडौं । बैदेशिक रोजगारले नेपालको बीमा क्षेत्रमा ठूलो योगदान दिएको छ । बैदेशिक रोजगारीमा जाने कामदारलाई अनिर्वा बीमा गर्नुपर्ने व्यवस्था गरेँगै यो क्षेत्रकोे बीमामा योगदान बढेको हो ।

सञ्चालनमा रहेको नौवटा जीबन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २ लाख ८३ हजार ६ सय बीमा पोलीसी जारी गरेका छन । जसमध्ये बीमा कम्पनीहरुले १ लाख ९८ हजार ३ सय वटा बैदेशिक रोजगार बीमालेख जारी गरी ३५ करोड ४७ लाख बीमाशुल्क आर्जन गरेका छन । जुन कूल बीमालेखको ६५ प्रतिशत हो ।

आर्थिक वर्ष २०७०/०७१ मा जीबन बीमा कम्पनीहरुले जारी गरेका कुल १२ लाख २८ हजार ९ सय पोलीसीमध्ये ९ लाख ३३ हजार ८ सय बीमा पोलीसी वैदेशिक रोजगारीको थियो ।

अधिकांस देशमा वैदेशिक रोजगारीमा जाने कामदारले २ वर्षका लागि बीमा गराउने गरेका छन । तर, मलेशियाको रोजगारीमा जाने कामदारले भने ३ वर्षे बीमा गराउँदै आएका छन । ३५ वर्ष भन्दा कम उमेर भएका कामदारले २ वर्षे बीमा गराउँदा १ हजार ८ सय २५ पि्रमियम तिर्नु पर्ने बीमा समितिले जनाएको छ । त्यसैगरी, ३ वर्षे बीमा वापत २ हजार ४ सय ३० रुपैयाँ पि्रमियम तिर्नुपर्ने समितिले जनाएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो पाँच महिनामा कुल २ लाख २५ हजार ९ सय कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

नेपालीकामदार वैदेशिक रोजगारीमाविदेशिने क्रमसँगै बीमाकम्पनीहरुकोे कारोवारमा बृद्धि भएको छ । बीमा कम्पनीको कारोवारमा वैदेशिक रोजगार बीमाको ठूलो भूमिका रहेको बीमकहरु बताउँछन ।

बीमा कम्पनीहरुले कामदारको मृत्यु भए क्षतिपुर्ति वापत मृतकका परिवारलाई एकमुष्ट ५ लाख रुपैयाँ दाबी भुक्तानी गर्दै आएका छन ।

यो वर्षदेखि बीमा समितिले कामदारले पाउने सुविधामासमेत थप गरेको छ । समितिले वैदेशिक रोजगरीमा गएका कामदार काम गर्न नसक्ने गरी अशक्त भएमा, मृतक कामदारको शव घरसम्म पुर्‍याउन, किरीया खर्च उपलब्ध गराउनेलगायत विभिन्न ६ ओटा सुविधाहरु थप गरेको हो ।