बिना कुनै नाराबाजी, संसद शुरु भएको २ मिनेटमा यसरी भयो स्थगित

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ– व्यवस्थापिका संसद बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि १ बजे बोलाइएको बैठक चार बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरोध पु¥याएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेकी हुन् ।

एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।

एमालेले अवरोध गरेका कारण मंगलबारयताका संसद बैठक चल्न सकेको छैन । एमालेले विहिबार सरकारको नीति तथा कार्यक्रम भने संसदमा पेश गर्न दिएको छ ।