यादव र ठाकुरले प्रधानमन्त्रीलाई एक्लै भेटेको भन्दै गठबन्धनमा असन्तुष्टि

upendra-mahanthaकाठमाडौं– संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे ।

यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटवारे गठबन्धमा आवद्ध दललाई जानकारी दिएका छैनन् ।

थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नेतबीच एको भेटवार्ताबारे आफूलाई केही जानकारी नभएको बताए ।

थारु मात्र होइन, मधेसी मोर्चासहितको गठबन्धमा आवद्ध साना दलले नेतृत्वले गठबन्धनलाई पार्टीका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।

गठबन्धनका ठूला दललका नेताले यस्ता राजनीतिक भेटवार्तालाई गुपचुप राखेपछि साना दललमा असन्तुष्टि देखिएको छ ।