लण्डनमा तुमधिं को रजत जयन्ती तथा ल्होछार महोत्सवको बृहत् तयारी, चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने.

लण्डन ।बेलायतको प्रभावशाली संस्था तमुधिं यूकेले आफ्नो स्थापनाको २५ औं वर्ष एक विशेष समारोहसाथ मनाउंदैछ।डिसेम्बर २८ शनिबार लन्डनको ह्यारो लिजर सेन्टरमा हुने कार्यक्रमको तीव्र तयारी भइरहेको रजत जयन्ती एवम् ल्होछार कार्यक्रम संयोजक एवम् उपाध्यक्ष कमल कोने गुरुङले बताए।

कार्यक्रम आयोजना हुने स्थल ह्यारो लेजर सेन्टरमा संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा २३ डिसेम्बरमा बसेको बैठकले अन्तिम तयारीबारे छलफल गरेको हो । कार्यक्रममा सहभागीहरूका लागि नि:शुल्क कार पार्किङको व्यवस्था मिलाइएको छ । जसको लागि एपको प्रयोग गर्नुपर्ने गुरुङले बत्ताए ।

तमु धीं यूकेको रजत महोत्सव तथा ल्होछार कार्यक्रममा प्रस्तुति दिन लोकप्रिय लोक पप गायिका तृष्णा गुरुङ र उनको ‘द कोल्याब ब्यान्ड’ बेलायत आइपुगेका छन् भने कार्यक्रममा प्रस्तुतिका लागि अन्य राष्ट्रिय  कलाकार समेत बेलायत आउने कार्यक्रम रहेको संयोजक कमल कोने गुरुङले बताए ।

कार्यक्रम आयोजक तमुधि यूके एबम संस्थापक डेभिड गुरुङ (दीपक)ले लण्डनको मुटुमा हुने चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने मौलिक परम्परा,नेपाली संस्कृति झल्किने गरी मनाउन लागिएको महोत्सवमा सहभागी हुन र ल्होछारको आनन्द लिन सबैलाई आग्रह गरेका छन्।