बेलायतमा यसरी सम्पन्न भयो घोथाने परिवार यूकेकाे तेस्रो वार्षीक उत्सब:(फोटो फिचर)

लन्डन । क्वोने (घोथाने घोण्डे) समाज युकेले विगतका बर्षहरुमा झै यस बर्ष पनि आफ्नो वार्षिक भेटघाट तथा तेस्रो चेलीबेटी भोज खुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार अल्डरसटको एम्पायर हलमा निकै भब्य र सम्य रुपमा आयोजना गरिएको कार्यक्रममा चेलिबेटीहरुको बाक्लो सहभागिता थियो । विशेष गरि आफ्नो परम्परालाई निरन्तरता दिने उद्देश्यले माघे संक्रान्तिको अवसरमा चेलिबेटीलाई मासको टीका लगाई भोज खुवाउने प्रचलन रही आएको छ । जसलाई समाजले निरन्तरता दिएको हो ।

नेपालबाट यूकेमाआई बसोबास गरि आएका घोतानेहरुले छोरी ज्वाईलाई हरेक वर्ष यसरी नै १दिन भोज खुवाउने गर्दछन् । साथै कार्यक्रममा छोरीज्वाईहरु लगायत उपस्थित पाहुना हरुलाई मासको टिका लगाई मकैको सातु र तरुल खुवाएको थियो ।भोजन खुवाउने कार्यक्रममा विभिन्न स्वादिस्ट नेपाली परिकार समेतको ब्यबस्था गरिएको थियो ।

कार्यक्रम क्वोने समाज युकेको वर्तमान अध्यक्ष लेप्टेन चन्द्र क्वोने गुरुङ्ग, क्वोने समाज युकेको बयोबृद्ध ज्वाँई ८६ बर्षिय नरबहादुर गुरुङ्ग, क्वोने समाज युकेको बयोबृद्ध सदस्य ९४ बर्षिय राजमान गुरुङ्ग, क्वोने समाज युकेको निवर्तमान अध्यक्ष नरजङ्ग गुरुङ्ग, समाजको संस्थापक सल्लाहकार नारायण क्वोन्मे, गैर आवासीय नेपाली संघ युके उपाध्यक्ष तथा क्वोने समाज युकेको चेली पुनम गुरुङ्गले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुङ्गले वर्षमा एक पटक छोरीज्वाईहरुलाई भात खुवाउने परम्परालाई निरन्तरता दिन पाउँदा खुसी ब्यक्त गर्दै एनआरएन यूकेको तर्फबाट सदैभ सहयोग र साथ रहने प्रतिबद्धता जनाइन् ।  कार्यक्रमको आरम्भमा समाजका कोषाध्यक्ष बोहत गुरुङ्गले कार्यक्रम स्थलको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी गराएका थिए ।

नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रमको शुरुवात गरियो । साथै कार्यक्रममा क्वोने परिवारभित्र यस बर्ष बित्नुभएका (पितृ हुनुभएको ) परिवारको सदस्यहरुको सम्झनामा र उहाँहरु वित्नुभएको दुखमा एक मिनेट मौन धारणा गरिएको थियो ।

कार्यक्रमको सुरुमा समाजका उपाध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ्ग र संस्थापक सल्लाहकार नारायण कान्मैले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई समाजको तर्फबाट स्वागत गरेका थिए ।

साथै यस बर्ष आफ्नो कार्यकाल पुरा गरि निवर्तमान भएका अध्यक्ष तथा कार्य समितिलाई बिदाई तथा नयाँ (वर्तमान) कार्य समितिलाई स्वागत तथा शुभकामाना दिइएको थियो । कार्यक्रममा समाजका सचिव मेजर राजपति गुरुङ्गले गुरुङ्ग तथा विशेष गरि कोने (घोताने घोण्डे) को इतिहास सम्बन्धि छोटो जानकारी गराए ।

कार्यसमितिका अर्का सदस्य कृष्ण गुरुङ्गले सामुहिक लगानी सम्बन्धि अवधारणबारे जानकारी दिएका थिए । साथै निवर्तमान आमासमुह प्रमुख तथा चेली पुनम गुरुङ्गले बाबा माइतीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा उपस्थित रहेका नेपाली काउन्सिलर लक्ष्य बहादुर गुरुङ्गले नेपाली संस्कृति र संस्कारलाई विश्वका जुनसुकै ठाउँमा पुगेपनि त्यसलाई परिपालना गर्नु हामी सबैको दायित्व भएको बताए । साथै काउन्सिलर गुरुङ्गले आफूलाई शुभकामना मन्तब्य राख्न दिएकोमा उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसपछि घोताने समाजका ज्वाँई चेलाद्धय तमु धी यूकेका कार्यवाहक अध्यक्ष हितकाजी गुरुङ ,तथा तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङ,सहित सहारा यूकेका अध्यक्ष कुमार गुरुङ,एनसिआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

त्यसैबीच समाजका अध्यक्ष क्वोने समाज युके अध्यक्ष अनरी लेप्टेन चन्द्र गुरुङ्ग, महासचिव इन्द्र घोताने लगायत समाजका अगुवाहरुले समेत एनआरएन यूके उपाध्यक्ष पुनम गुरुङ्गलाई आगामी (२०१९-२०२१ )एनआरएन यूकेको अध्यक्षका लागि शुभकामना दिर्दै समाजको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गुरुङ्गलाई अग्रिम बधाई समेत दिएका छन ।

अतिथि सत्कारमा ब्यस्त रहेका हेम गुरुङ्गले बेलायतमा घोथाने परिवारबीच यसरी जम्काभेट भई कार्यक्रम गर्न पाउँदा खुसी लागेको लन्डन नेपाल न्यूज डटकमलाई बताए । साथै कार्यक्रममा एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ्ग,तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ ,साउथ ईस्ट रिजनल तमु धिं लण्डन निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङ लगायत विभिन्न संघ सस्थाका प्रमुखहरु समेत सहभागि थिए ।

औपचारिक कार्यक्रमको अन्त्यमा क्वोने समाज युके अध्यक्ष अनरी लेप्टेन चन्द्र गुरुङ्गले उपस्थित सम्पुर्ण भाइखलकहरु तथा चेलीबेटी र ज्वाँइहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

समाजका अध्यक्ष अनरी लेप्टेन चन्द्र गुरुङ्ग

कार्यक्रमको प्रमुख अतिथि क्वोने समाज युकेका जेष्ठ ज्वाँइ बयोबृद्ध ८६ बर्षिय नरबहादुर गुरुङ्ग र विशेष अतिथि समाजकै जेष्ठ नागरिक बयोबृद्ध ९४ बर्षिय राजमान गुरुङ्ग थिए ।

औपचारिक कार्यक्रमको सभापतित्व अध्यक्ष अनरी लेप्टेन चन्द्र गुरुङ्गले गरेका थिए । स्मरण रहोस एक मात्र संस्था घोताने परिवार यूकेले अतिथि तथा प्रमुख अतिथी आफना बयोबृद्धलाई आसनग्रहण गराएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्षबाट मासको टीका लगाई उपस्थित सबैलाई अशिर्बाद दिइएको थियो । कम्प्युटर प्रिजेन्टेसनका लागि मान गुरुङ्गले सहयोग गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट पोशाकमा (तमु पोशाक) पुरुषतर्फ वरिष्ठ संस्थापक सल्लाहकार नारायण कोन्मे र महिलातर्फ शान्ती गुरुङ्ग विजयी भए ।

औपाचारिक कार्यक्रम संचालनगर्दै समाजका महासचिव इन्द्र घोताने

औपाचारिक कार्यक्रम संचालन समाजका महासचिव इन्द्र घोतानेले गरेका थिए । कार्यक्रम सञ्चालन गर्ने क्रममा महासचिव घोतानेले समाजले गरेको प्रगति र परम्परा जोगाउने तथा सस्कारलाई निरन्तरता दिने कार्य गर्न सफल हुँदै आएकोमा खुसी ब्यक्त गरेका थिए । साथै महासचिव घोतानेले बेलायतमा ऐतिहासिका कार्यक्रम गर्न सफल भएको र निकै भब्य तथा सम्य रुपमा कार्यक्रम सम्पन्न भएको भन्दै सहभागि सबैप्रति धन्यवाद ज्ञापन गरे ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम समाजका सदस्य सुर्य गुरुङ्गले सञ्चालन गरेका थिए ।

कार्यक्रममा चेली र भान्जीहरुबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने गायक गोबिन्द गुरुङ्ग र गायिका ममता गुरुङ्गले थुप्रै चर्चित नेपाली गीतहरु प्रस्तुत गरि भरमग्दूर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमको प्रमुख आकर्षण राभल चिठ्ठा रहेको थियो । छोरीचेलीहरुले सञ्चालन गरेको उक्त चिठ्ठाको प्रथम पुरुस्कार एक तोला सुन, द्धितिय पुरुस्कार सीकोफाइभ घडी र तृतिय पुरुस्कार लाफीङ्ग बुद्ध थियो । चिठ्ठा कार्यक्रमबाट उठेको एक हजार एकनब्बे पाउण्ड रकम छोरीचेलीको तर्फबाट बाबा माइतीलाई धन्यवाद दिंदै समाजका कोषाध्यक्ष बोहत गुरुङ्गलाई हस्तान्तरण गरियो। साथै साउण्ड सिस्टममा चर्चित डिजे हेम विष्ट थिए भने स्वार्दीष्ट खानाको ब्यवस्था एम्पायर हलले गरेको थियो ।कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थामा आबद्ध घोताने भाइखलकहरु, चेलीज्वाँइहरुको विशेष उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *