संघीय समाजवादी फोरमको बैठक शुरु, यस्ता छन् छलफलका एजेण्डा

????????????????????????????????????

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक शनिवार (आज) बाट सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि फोरमको यो पहिलो केन्द्रिय समितिको बैठक हो ।

बिहिबार बसेको पार्टीको राजनैतिक समितिको बैठकले केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

आज सुरु केन्द्रिय समितिको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गर्ने र सरकारको समीक्षा समेत गर्ने बताइएको छ ।

बैठकले प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण सम्बन्धि नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ ।

सरकारमा जाँदा संविधान संशोधनको मूल मुद्दा छोडेको भन्दै अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।

संविधान घोषणा भएको दिनलाई कालो दिवश मनाउने केन्द्रिय सदस्य आन्तरिक कारवाहीको घेरामा परे पछि पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकार संग मुद्दा साटेको आरोप समेत लाग्दै आएको छ ।

यसबारे केही केन्द्रिय सदस्यहरुले अध्यक्ष यादवसँग जवाफ माग्ने तयारी पनि गरेका छन् । संघीय समाजवादी फोरमले पार्टीको केन्द्रिय महाधिवेशन आगामी बैशाखमा गर्ने तयारी गरेको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *