काठमाडौं- ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ २० औं भूकम्पीय सुरक्षा दिवस आज मनाइँदैन छ ।
न्यूरोड भूगोल पार्कमा बिहान ११ बजे स्मृतिसभा हुने छ । त्यसपछि मूल समारोहको कार्यक्रम दिउँसो साढे १ बजे बसन्तपुरमा तय गरिएको छ ।
१९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।






