http://www.onlinekhabar.com/wp-content/uploads/2015/10/Nell.jpg
एउटै हातमा सबैभन्दा लामो नङ भएका मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका ७७ वर्षका चिलालले आफु विद्यार्थी हुँदा नङ पाल्ने आफ्ना शिक्षकबाट प्रभावित भएर नङ पाल्न थालेका थिए ।
उनका एकजना शिक्षकको निक लामो नङ रहेछ त्यो बेला । जब चिलाल र उनका साथीहरुले शिक्षकको नङ भाँचिदिए तब शिक्षक रिसले आगो भएर नराम्रोसँग उनीहरुलाई गोँदे । त्यसपछि उनले उक्त शिक्षकले भन्दा लामो नङ बनाएर देखाइदिने प्रण गर्दै नङ पाल्न थाले ।
६३ वर्षमा उनका बायाँ हातका नङ निकै लामा भैसकेका छन् तर नङ निकै कमजोर छन् र सजिलै टुक्रिने डर छ । त्यसैले सुत्ने बेलामा निकै होस पूराउनुपर्ने हुन्छ र दिउसोमा पनि अरु काम गर्न निकै गाह्रो हुन्छ । लामो नङकै कारण हिँडडुल गर्न पनि कठीन छ र आधा घण्टा हिँडेपछि उनी फतक्कै गल्दछन् ।






