नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानका विषयमा रहेका विमतिहरुलाई संविधानसभाभित्रबाटै समाधान गर्न एकीकृत नेकपा (माओवादी) सहितको विपक्षी मोर्चालाई आग्रह गर्नुभयो ।
शान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउँदै उहाँले मोर्चाको आन्दोलनलाई सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी केही साताअघि डडेल्धुराको बागबजारमा भएको आगलागीको उहाँले स्थलगत निरीक्षण गर्नुभएको छ । नेता देउवाले आगलागी पीडितहरुलाई सक्दो सहयोगका लागि पहल गर्ने आश्वासनसमेत दिनुभएको छ । पीडितहरुलाई भेट गर्न उहाँ बिहान आगलागीस्थल बागबजार पुग्नुभएको थियो ।
संविधानसभाबाटै समस्या समाधान






