लन्डन । बेलायतमा पूर्व गोर्खा सैनिक एबम सफल व्यवसायी भीम सारु मगरले एनआरएन यूके, इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा पूर्व गोर्खा सैनिक सारु उत्रिए चुनावी मैदानमा उत्रिएका हुन्।
यूकेभित्र सबैभन्दा ठूलो र प्रभावशाली राज्यको अध्यक्ष बन्न भीम सारुमगर चुनावी मैदानमा देखापरेका छन् । सेप्टेम्बर १४ मा एनआरएनए यूकेको निर्वाचन हुँदैछ, उक्त निर्वाचनमा सारुमगरले इग्ल्यान्ड राज्य समितिको अध्यक्ष पदमा उम्मदवारी दिएका छन् ।
पाल्पा चिदीपानीमा जन्मेर बेलायती सेनामा भर्ना भएका सारु अहिले ननिटनमा बसोबास गर्छन् । उनी ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका महासचिव र पाल्पाली भन्ज्याङ यूकेको सल्लाहकार भएर कुशल समाजसेवीको परिचय बनाइसकेका सारु पेशाले इञ्जिनियर हुन् । पेशाले इन्जिनियर पूर्व ब्रिटिस गोर्खा अफिसर हुन् । सारु इमेज लिमिटेडमार्फत बेलायतमा व्यवसाय पनि गर्दै आएका छन् ।
क्याप्टेन पदबाट अवकास पाएका सारुले साथीभाइको अनुरोधमा आफू इग्ल्यान्ड राज्य समितिको उम्मेदवार बनेको बताए । उनले बेलायतवासी नेपाली समुदायसँग आउँदो एनआरएनए यूकेको चुनावमा आफूलाई मतदान गरी जिताउन अनुरोध गरेका छन् ।गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको पहिलो पटक परिषद् गठन हुदैछ।






