भावी प्रधानमन्त्रीमा एमालेले ओलीलाई अघि सार्‍यो

काठमाडौं– एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ ।

बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो।

बैठकमा अध्यक्ष ‌ओलीले पार्टी एकताबारे भइरहेको छलफल प्रगति उन्मुख गरेको ब्रिफिङ गरेका थिए। पार्टी एकतापछि ुसंयुक्त नेतृत्व प्रणालीु मा जाने करिब सहमति नजिक एमाले(माओवादी पुगेका छन्।