स्कटल्याण्डमा छायांकन गरिएको लोक गीत ‘पानी पर्‍यो’ सार्वजनिक

प्रकाश अर्याल ,

स्कटल्याण्ड। स्कटल्याण्ड नेपाली चलचित्रको गीत र म्युजिक भिडीयो छायांकनको लागि लोकप्रिय स्थल बन्दै गरेको छ। स्कटल्याण्डमा छायांकन भएको नेपाली चलचित्र “लिलिबिली” र “कृ” को गीतहरु चर्चित भएका छन्।

यसै क्रममा स्कटल्याण्डमा छायांकन गरिएको नेपाली लोक गीत “पानी पर्‍यो गैरी खेतैमा ” को म्युजिक भिडीयो म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

सोहन घिमिरेको संगीत रहेको उक्त गीतमा सोहन घिमिरे र पुस्तका खड्काको स्वर तथा नविन खड्का र सोहन घिमिरेको शब्द रहेको छ।

स्कटल्याण्डको राजधानी एडिनब्रामा छायांकन गरिएको उक्त गीतमा सृष्टि कार्की र सन्तोष गैरेले अभिनय रहेको छ। मोहन कार्कीको कोरियोग्राफी रहेको उक्त गीतको निर्देशन/छायांकन/सम्पादन दिपेश रेग्मीको रहेको छ।