पशुपति शर्माको नयाँ तीज गीत ‘माननिय ज्यू’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गायिका कोमल वली र गायक पशुपति शार्माको नयाँ तीज गीत ‘माननिय ज्यू’ सार्वजनिक भएको छ।

गीतलाई कोमल वली र पशुपति शर्माले गाएका छन् भने अभिनय पनि आफैले गरेका छन्। पशुपतिको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा पशुपति विभिन्न भूमिकामा देखिएका छन्। घुस दिएर काम गराउन खोज्ने जनता र सच्चा स्वभावको सांसदबीचको सम्बन्धलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ।

उक्त गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् भने नविन घर्ति मगरले सम्पादन गरेका छन्।

हेर्नुहोस भिडियो :